Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


टर्कीको संसद भवनमा सांसदहरुबीच कुटाकुट


0
Shares

एजेन्सी । टर्कीमा संसद भवनभित्र सांसदहरुबीच कुटाकुट भएको छ । टर्कीको कारागारमा रहेका विपक्षी नेता क्यान अटालेको अवस्थाबारे संसदमा जानकारी गराउनु पर्ने माग विपक्षी दलले राखेपछि पक्ष र विपक्षी दलका सांसदहरुबीच कुटाकुट भएको हो ।

टर्कीको वामपन्थी वर्कर्स पार्टी (टीआईपी) का सांसद अहमद सिकले रोस्टममा भाषण गर्दै गर्दा राष्ट्रपति रसेप तैयप अर्दोगानको सत्तारुढ एके पार्टीका एक सदस्य अल्पे ओजालानले अहमद सिकलाई झापड हानेपछि सांसदहरुबीच कुटाकुट भएको हो । दुई जनाको विवादकै क्रममा सांसद अहमद सिक भुईमा ढलेपछि स्थिति झन तनावग्रस्त बनेको थियो ।

टर्कीका विपक्षी दलका नेता क्यान अटाले भ्रष्टाचारको मुद्दामा सन् २०२२ देखि कारगारमा रहेको अवस्थामा कारागारबाटै चुनावमा उम्मेदवारी दिएका थिए । यस वर्षको शुरुमा भएको संसदीय निर्वाचनमा सिकले सत्तारुढ एक पार्टीका सांसदहरुको धाँधलीका कारण चुनाव हारेको विश्लेषण गरिरहँदा उनको पक्षमा वकालत गरेका सांसदहरुमाथि आक्रमण भएको हो ।