Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


वाइवाइद्वारा क्रिकेट टोलीलाई १० लाख रूपैयाँ हस्तान्तरण


325
Shares

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ ।

आईसिसि टि–२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सी जी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरेको हो ।

नेपाल राष्ट्रिय टिम टि–२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्येक रन, प्रत्येक चौका, छक्काका लागि विभिन्न रासी उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसैगरि प्रत्येक विकेट, अर्धशतक, शतकदेखि नेपाली टिमको प्रत्येक जितमा विभिन्न दरमा नगद उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसैगरि सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख उपलब्ध गराउने वाइवाइको घोषणा थियो । सोही अनुसार नेपाली क्रिकेट टिमले पाएको नतिजाअनुसार १० लाख रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएकोछ ।

क्यानका सचिव पारस खड्काले सीमित श्रोत साधनका बीच नेपालले गरेको प्रदर्शन उच्च रहेकाले टिमलाई दबाब दिन नहुने बताउनुभयो । लामो समयदेखि पुरूष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि संचालनका लागि ३० लाख गरी जम्मा ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ ।

उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिने कम्पनीले बताएको छ ।