काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद डा. धवलशमशेर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरिएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले भारतीय पर्यटकहरु भूमार्ग हुँदै नेपालमा आउँदा डाँकाको जस्तो व्यवहार गरिएको बताउनुभएको हो ।
सांसद राणाले भारतीय पर्यटकहरुलाई कडाइपूर्वक चेकिङ गरिने गरेको बताउनुभयो । उहाँले पर्यटकहरुलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भारतीय नोट हजार र पाँच सयको ल्याएमा सशस्त्र प्रहरीले बोर्डरमै दुव्र्यवहार गर्ने गरेको भन्दै त्यस्तो नहुने व्यवस्था मिलाउन प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई आग्रह गर्नुभयो ।
सांसद राणाले नजिकैको पर्यटकहरुलाई वेवास्ता गर्नु नहुनेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्