सर्लाही । बडा दशैं नजिकिँदै गर्दा सर्लाहीका कुमालेहरु दुर्गा माताको मूर्ति बनाउन जुटेका छन् ।
नवरात्री सुरु भएपछि सर्लाहीका विभिन्न स्थानमा मेला लाग्ने र मेलामा दुर्गामाताका मूर्तिहरुको ब्यापार हुने भएकाले उनीहरु मूर्ति बनाउन जुटेका हुन् ।
नयाँ पुस्ताले मूर्ति बनाउन चासो नदिँदा पुराना मूर्तिकारहरुलाई बजारको माग पुरा गर्न गाह्रो परेको उनीहरु बताउँछन् ।
कृष्ण जन्माष्टमी, गणेश चतुर्थि, बिश्वकर्मा पुजा, नवरात्री, छठ, सरस्वती पुजा तथा मुसहर समुदायले मनाउने भुइया बाबाको पुजा लगायतका समयमा मात्र काम पाइने भएकाले नयाँ पुस्ताले मूर्ति बनाउने पेशाबाट पलायन भईरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्