काठमाडौं । सुनको मूल्य ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ८ सयले घटेर १ लाख ८ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बिहिबार पनि एकैपटक १४ सयले घटेर १ लाख ९ हजार ६ सयमा कारोबार भएको थियो । बुधबार पनि ८ सयले नै घटेर १ लाख ११ हजारमा आइपुगेको थियो । मंगलबार पनि ४ सयले ओरालो लागेर १ लाख ११ हजार ८ सयमा कारोबार भएको थियो । सोमबार भने १ लाख १२ हजार २ सयमा स्थिर रहेको थियो ।
यसरी, ४ दिन यतामात्र सुनको भाउ तोलामा ३४ सयले कमी आइसकेको छ । यसैगरी चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंस १८ सय ७४ डलर हाराहारीमा कारोबार भैरहेको छ । डलर बलियो हुँदैगएसंगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही ओरालो लागेको विश्लेषण गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्