Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


स्याङ्जामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न


325
Shares

स्याङ्जा । स्याङ्जामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा आयोजना गरिएको शिविरमा एक हजार एक सय २३ जनाले आँखा परीक्षण गराएका छन् ।

कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा एक हजार एक सयलाई औषधि र पाँच सय ९२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको जनाइएको छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले हिमालयन आँखा अस्पताल पोखराको समन्वयमा दसैँतिहार पछि आँखा विभाग सञ्चालन गर्ने बताउनुभयो ।