काठमाडौं । आचार्य बन्धु समाज नेपाल बागमती प्रदेशको अध्यक्षमा जयराज आचार्य निर्वाचित हुनुभएको छ ।
आइतबार काठमाडौंमा आचार्य बन्धु समाजको अधिवेशनबाट बागमती प्रदेश अध्यक्षमा जयराज आचार्य दोस्रो पटक निर्वाचित हुनुभएको हो ।
समाजको उपाधयक्षमा घनश्याम आचार्य, महासचिवमा लक्ष्मण आचार्य, सचिवमा रामकुमार आचार्य, सहसचिवमा अर्जुन आचार्य तथा कोषाध्यक्षमा शैलेश आचार्य निर्वाचित भएका छन् ।
त्यसैगरी निर्वाचित सदस्यहरुमा प्रकाश कुमार आचार्य, राम प्रसाद आचार्य, चिरञ्जीवी आचार्य, प्रकाश कुमार आचार्य, भूवनराज आचार्य, पदम प्रसाद आचार्य, माधव प्रसाद आचार्य र लक्ष्मी आचार्य रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्