२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


चलचित्र ‘एक भागवत गीता’को ट्रेलर सार्वजनिक


455
Shares

काठमाडौं । चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।

सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले यो एक कहानी भएको र धर्म, संस्कृतिमाथि थोरै भएपनि चोट पुग्ने डरले भागवत गीताको ठाउँमा एक भागवत गीता नाम राखिएको बताए । भागवत गीता भन्दा कतिपयले भागवत गीता नै सम्झिने भएकाले एक भागवत गीता भनिसकेपछि भागवत गीता जस्तै अर्को कथाका रुपमा चलचित्र बनाइएको बताए ।

त्यस्तै, अभिनेत्री सुहाना थापाले भागवत गीता सबैलाई एक ठाउँमा ल्याउने चलचित्र भएको बताइन् । त्यस्तै, अभिनेत्री एवं निर्देशक झरना थापाले कमला माई पात्रमा आधारित रहेर चलचित्र निर्माण गर्ने बताइन् ।

आगामी भाद्र २९ गतेबाट प्रदर्शन आउने चलचित्र एक भगवत गीतामा अल्पसंख्यक लैंगिक समुदाय र मधेसको कथावस्तुमा निर्माण भएको सिनेमाले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ । जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन् ।

अन्तरजातीय प्रेमकथामा आधारित रहेको चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिलकुमार थापाको निर्माण रहेको चलचित्रको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।