Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


महाकाली नदी किनारका वासिन्दा नदी कटान बढ्दै गएपछि चिन्तित


299
Shares

डडेलधुरा । कञ्चनपुर र डडेल्धुरका महाकाली नदी किनारका वासिन्दा नदी कटान बढ्दै गएपछि चिन्तित भएका छन् ।

डडेल्धुराको परशुराम नगर र कञ्चनपुरको सिमावर्ती क्षेत्रका बासिन्दाको कटानबाट प्रभावित भएका हुन् ।

डडेल्धुरा जिल्लाको भित्रिमधेश अन्तर्गत परशुराम नगरपालिकाको वडा नं. ६ र ७ पर्शुराम नगरको अन्तिम बस्ती तथा पश्चिममा महाकाली नदिसँगै दक्षिणमा कञ्चनपुर जिल्लाको सिमानामा रहेका बासिन्दा वर्षायाममा नदि बढेर धान उब्जाउ हुने खेतबारी बगाउन थालेपछि चिन्तित भएका छन् ।

कराली ठूलागडा, भोरकुण्डाका जनताको महाकाली नदिसँग जोडिएका सयौं बिघा जग्गा तथा खेतहरु महाकालीको बितण्डामा पर्न थालेपछि रोपनीमा सिमित हुन पुग्दा पनि जनप्रतिनिधिहरुले चुनावका बेला बोलेका बाचा अनुसार योजना नदिएको स्थानीय मानबहादुर थापाको भनाइ छ ।

लगभग एक सय घरधुरी रहेको यस क्षेत्रका जनताले जग्गाको स्वामित्व कर स्थानीय पालिका मार्फत वर्षेनी बुझाउँदै आएपनि जोखिम न्यूनिकरणका लागि कुनै पनि निकायले ध्यान नदिएको र महाकाली तटीय क्षेत्रमा तटबन्ध बनाइदिने भन्दै चुनावका बेला ठूलाठूला आश्वासन दिएको स्थानीयले बताएका छन् ।

एकातिर महाकाली नदिमा पहुँचवालाले गिट्टी बालुवा उत्खनन् तथा काठ सप्लाइ गर्ने तस्करीको बाटोको रुपमा मात्र प्रयोग गरिरहेका छन् भने नदिको कटानले क्षति व्यहोर्न बाध्य स्थानीय बासिन्दा के खाने र कहाँ जाने भन्ने चिन्तामा छन् ।

डडेल्धुराका सिमावर्ती क्षेत्रका बासिन्दा २०४८ सालदेखि कहिले ब्रह्मदेव सडक र कहिले महाकाली करिडोर, कहिले तटबन्ध त कहिले सिमावर्ती नदिमा मोटरेबल पुल जस्ता महत्वाकांक्षी योजनाहरुको प्रलोभनमा फसेका मात्र नभइ कष्टकर जीवन बाँच्न बाध्य समेत भएका छन् ।

तसर्थ स्थानीय नागरिकको सुरक्षित भइ बाँच्न पाउने मानव अधिकारको रक्षार्थ सरोकारवाला निकाय तथा आश्वासन बाँडेर भोट मागेका नेताहरुको बेलैमा ध्यान पुगोस् ।