६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


प्रतिनिधि सभा बैठक


533
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकाल दाहालले विपक्षीदलहरुले उठाएका बिषयमा प्रष्ट पार्दै हुनुहुन्छ । नागरिकता बिधेयक प्रमाणीकरण, प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्नेजस्तो अभिव्यक्ति दिनुभएको भन्दै एमाले लगायत राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आइतबार संसद बैठक अवरोध गरेका थिए ।

यसमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने बिपक्षी दलले अडान राखेका थिए । बिपक्षी दलहरुले उठाएका ती विषयमा प्रधमामन्त्रीले संसदमा स्पष्ट पार्न खोज्नुभएको हो ।