Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


इजरायली सेनाले प्यालेस्टाइनमा हवाई आक्रमण गर्दा १० जनाकाे मृत्यु, कैयौं घाइते


78
Shares

एजेन्सी । इजरायली सेनाले प्यालेस्टाइनको गाजामा हवाई आक्रमण गर्दा १० जनाकाे मृत्यु भएकाे छ।

प्यालेस्टानइनको इस्लामिक जिहाद आन्दोलन विरुद्धको कारबाहीमा उत्रिएको इजरायली सेनाले मंगलबार बिहान गरेको हवाई आक्रमण गर्दा १० जनाकाे मृत्यु भएकाे हाे । हवाई आक्रमणमा कैयौं मानिस घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्थानीय समय अनुसार मंगलबार बिहान २ बजेतिर इजरायली सेनाले गाजाको बस्ती क्षेत्रमा हवाई आक्रमण गरेको स्थानीयहरुले बताएका छन् । आक्रमणबाट गाजामा थुप्रै निजी घरहरु भत्किएको र दक्षिणी शहर रफाहमा पनि मंगलबार बिहानै विष्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।