१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


होटलमा वर्षीया किशोरी बलात्कृत


806
Shares

काठमाडौं । रूपन्देहीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कारकाे अभियाेगमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले मंगलबार एक जनालाई पक्राउसमेत गरेकाे छ ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका-७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

गुरूङले ती किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका-७ ढेकारस्थित होटलमा जबरजस्ती करणी गरेकाे प्ररम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।