Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


टर्की र सिरियाको भूकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १२ सय नाघ्यो


286
Shares

एजेन्सी । टर्कीमा सोमबार बिहानै एकपछि अर्को गरी दुई शक्तिशाली भूकम्प गएकाे ।

टर्की र यसको छिमेकी मुलुक सिरियामा भूकम्पका कारण अहिलेसम्म १२ सय भन्दा बढीको मृत्यु भएको भइसकेकाे छ । बीबीसीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएकाे छ ।

टर्कीको दक्षिणमा सिरियाली सीमा नजिकै स्थानीय समयानुसार बिहान ४ : १७ मा ७.८ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ । त्यसपछि टर्की सरकारले आपतकालको घोषणा गरेका छन् ।

पहिलो झट्काको केही मिनेटपछि अर्को एउटा शक्तिशाली झट्का महसुस गरियो। टर्की विपद् व्यवस्थापन एजेन्सीले पूरा इलाकामा एकपछि अर्को गरी ४० भन्दा बढी पराकम्प महसुस गरिएको छ ।

टर्कीसमेत लेबनान, सिरिया, साइप्रस, इजराइल र प्यालेस्टाइना पनि भूकम्पको झट्का महसुस गरिएको छ ।