Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


विप्लव माओवादीले दियाे सरकालाई चेतावनी


1.4k
Shares

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पूर्वी नेपालमा देखिएको राजनीतिक, आर्थिक, सीमा अतिक्रमण , शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्याको निराकरण गर्न सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

शनिबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले जनताका जनजिविकाका विषयमा सरकार गम्भीर नभए सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको हाे ।

पार्टीका मेची ब्यूरो इञ्चार्ज सुमन सिंहले पछिल्लो समय केही व्यक्तिले राजतन्त्र, मिटरब्याज लगायतका विषय उठान गरे झैं गरेर पश्चिमा शक्तिको आडमा जनतालाई भ्रमित पार्ने काम गरेको भन्दै भ्रमको खेती नगर्न चेतावनी समेत दिनुभयो ।