Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


१० प्रतिशत सेवा शुल्क खरेजीविरुद्ध संघर्ष


156
Shares

काठमाडौं । केन्द्रीय संयुक्त ट्रेड युनियन संघर्ष समितिद्वारा १० प्रतिशत सेवा शुल्क पुनःस्थापनाका लागि ७ दिने संघर्ष कार्यक्रमकाे घोषणा गरेको छ ।

संघर्ष समितिले बुधबार काठमाडौंमा विरोध सभा गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो । ट्रेड युनियन संघर्ष समितिले होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने कर्मचारीहरुले खाइपाइ आएको सेवासुविधा कटौती भएको भन्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर संघका अध्यक्ष कुमार पन्तले प्रत्येक हाटल तथा प्रष्ठिानहरुको मुल गेटमा कालो व्यानर राख्ने, होटल तथा रेष्टुरेण्टका कर्मचारीहरुले कालो पट्टी वा कालो फेटा बाधेर काम गर्ने, प्लेकार्डसहित दैनिक धर्ना तथा कोणसभा गर्ने बताउनुभयो ।

उहाँले माघ २७ गतेदेखि सबै होटलहरुको बुकिङ बन्द गर्ने र क्षेत्र अनकुल बिरोध सभा गर्ने र फागुन २ गते खुला बिरोध सभा गर्ने र फागुन ७ गतेबाट पर्यटन क्षेत्रमा अनिश्चितकालिन हड्ताल गर्ने बताउनुभयो ।

संघर्ष समितिले माघ १९ गतेदेखि २६ गतेसम्म विभिन्न सघर्षका कार्यक्रम घोषणा गरको छ । गत बुधवार सर्वोच्च अदालतले होटल, रेष्टुरेण्टले ग्राहकसँग लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गरेसँगै होटल मजदुरहरु आक्रोशित बनेका हुन् ।