Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस भइरहेकाे पाेखरेलकाे दावी


52
Shares

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस भईरहेको टिप्पणी गर्नु भएको छ ।

सर्वोच्च अदालतको आदेशबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पद खारेज भएलगत्तै उहाँको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

एमालेद्वारा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘शहीद स्मृति कार्यक्रम’मा बोल्दै उहाँले मुलुकमा देखा परेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ संकल्पित रहेको समेत बताउनु भयो ।

महासचिव पोखरेलले नेपाली राजनीतिमा देखा परेका पछिल्लो राजनीतिक परिस्थितिप्रति आफ्नो पार्टी गम्भिर रहेको उल्लेख गर्र्दै त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढने दावी गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘राजनीतिक अस्थिरतको दुश्चक्र कायम गर्ने जुन कोशिस गरिएको छ । त्यसलाई नेकपा एमाले सफलतापूर्वक सामना गर्दै अघि बढन तयार छ भन्ने कुरा पनि म तपाईहरुका बीचमा राख्न चाहन्छु । अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरु भईरहेका छन । नेकपा एमाले त्यसप्रति अन्त्यन्त गम्भिर छ । र, सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ संकल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु ।’

महासचिव पोखरेलले एमालेले शहीदहरुको सम्मानमा कमी आउन नदिने गरी मुलुकलाई अघि बढाउने प्रयास गरिरहेको पनि बताउनु भयो ।