
तस्विर फाइल
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
बिहीबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका अधिकांश भू–भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस्