
काठमाडाैं । आफ्नो लोकप्रियतालाई अडिग बनाउँदै हल्ट अयाट आइओई ले यस वर्ष पनि सहभागीहरूका निम्ति अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
हल्ट अयाट आइओईले आयाेजना गरेकाे द हल्ट प्राइज एक मान्यता प्राप्त प्रतियोगिता हो जसले खाद्य सुरक्षा, पानीको पहुँच, ऊर्जा र शिक्षा जस्ता क्षेत्रमा काम गर्छ ।
साथै ती विषयहहरुमा दबाबपूर्ण सामाजिक समस्या समाधान गर्न विश्वविद्यालय स्तरका विद्यार्थीहरूलाई प्रेरणा दिने काम समेत गर्दै आइरहेकाे छ ।
यस्ता समस्याका समाधानका निम्ति विश्वविद्यालय स्तरका विद्यार्थीहरूलाई चुनौती दिने र सहभागीहरूबाट विचार प्राप्त गर्ने हुनाले हल्ट प्राइज पछिल्लाे समय निकै लोकप्रिय बन्दै गएकाे छ ।
‘द हल्ट प्राइज’ ले विजेतालाई आफ्नो डिजाइनलाई वास्तविकतामा ल्याउन १ मिलियन डलरको साथ पुरस्कृत गर्ने कार्य गर्दै आएकाे छ ।

अभिमुखीकरण कार्यक्रममा नेपालका सबैभन्दा कान्छो फेसन डिजाइनर र अत्यन्तै प्रचलित उद्यमी वरदान देवकोटा, नेपालका युवा उद्यमी र फिब्रो, नेपालका सीईओ सुरजराज पाण्डे जस्ता प्रसिद्ध व्यक्तित्वहरू अतिथिका रुपमा अभिमुखीकरण कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो।
हल्ट पुरस्कारमा कसरी भाग लिने र यस वर्षको विषय, “रिडिजाइनिङ फेसन” बारे अन्तर्दृष्टि प्रदान गरियो।त्यसैगरी एन.एम.बि. क्यापिटल लिमिटेडका साथसाथै धेरै सहयोगी प्रायोजकहरुको उपस्थितिलाई कार्यक्रमले स्वागत गरेको थियो।
सबै सहभागीहरू र अन्य १० कलेजका क्याम्पस प्रतिनिधिहरूको उत्साहले कोठा भरिएको थियो। पाहुनाहरूको प्रेरणादायी भाषणका साथ यस वर्षको विषयवस्तु “रिडिजाइनिङ फेसन” बारे छलफल भएको थियो ।
प्रत्येक अभिमुखीकरणमा, सहभागीहरूलाई अघिल्लो सहभागीहरूका कथाहरू र उनीहरूको यात्राको बारेमा विवरणहरूसहित हल्ट पुरस्कारको छोटो परिचय दिइएको थियो। सहभागीहरुका लागि ब्रेसलेट, एम्ब्रोइडरी, बिडजस्ता फेसनका सामानहरुका लागि कस्टम स्टलहरु राखिएको हुनाले यस कार्यक्रम अझ रोचक बनेको थियो।
हल्ट पुरस्कार, “विद्यार्थीहरूको लागि नोबेल पुरस्कार” को रूपमा पनि चिनिन्छ संसारको सबैभन्दा ठूलो सामाजिक प्रभाव हो । प्रतियोगिता, संयुक्त राष्ट्र फाउन्डेसन र हल्ट इन्टरनेशनलसँग साझेदारीमा सञ्चालित हाे ।
प्रतिक्रिया दिनुहोस्