
काठमाडाैं । कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्धेश्यले शनिवारदेखि धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिबल शुरु भएको छ ।
अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फुड फेस्टिबलमा ३० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्राउने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिबलमा १ करोड बढीको कारोवार हुने अपेक्षा गरिएको छ । शनिवार उद्घाटन गरिएको फुड फेस्टिबललाई कोरोनाले थलिएको व्यापार व्यवसायको विकास र प्रवद्र्धनका रुपमा समेत लिइएको छ ।
होटल एशोसिएशन अफ भेडेटारकी अध्यक्ष शान्तिमादेन श्रेष्ठले आगामी दिनमा सबैको साथ र सहयोग गरेको खण्डमा यही वर्षमा पर्यटन व्यवसाय फस्टाउने आशा व्यक्त गर्नुभयो ।
पूर्वको पर्यटकीय गनतव्यका रुपमा रहेको भेडेटारमा आयोजित फुड फेस्टिबल विशेष गरी भारतीय पर्यटक लक्षित गरी आयोजना गरिएको हो । फेस्टिबलले भेडेटारलाई आन्तरिक तथा बाह्य पर्यटक माझ घुम्नैपर्ने गन्तव्यको रुपमा चित्रित गर्न थप मद्दत पु¥याउने विश्वास लिइएको छ ।
फेस्टिबलमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा जाति विशेष खानेकुराका परिकार प्रदर्शनीसँगै भेडेटार हेलि टुर,जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने सांगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्