
सर्लाही । बाक्लो हुस्सु लागेर कठ्यांग्रिदो अवस्था आएपछि तराईको जनजीवन कष्टकर बन्न थालेको छ ।
चिसोले निम्न आयस्तर भएका विपन्न परिवारको जीवन असहज बनेपछि सर्लाहीका गरिब तथा दलित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ ।
इस्लाम रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाजले सर्लाहीको इश्वरपुर नगरपालीकाको १, ३, ९ नम्वर वडामा ६ सय ९५ र हरिपुर नगर पालीकाको ४ र ९ नम्वर वडामा ८ सय ४३ घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्