Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने कर्णाली प्रदेश कमिटीको निर्णय


52
Shares

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ ।

बिहीबार कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जानकारी दिनुभयो ।

शाहीले १४ सिटसहित कांग्रेस पहिलो पार्टी बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउनुभयो । समितिको संयोजकमा कृष्णबहादुर रोकाय र सदस्यमा खगिसरा आचार्य र दमनबहादुर शाही रहनुभएको छ ।