Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


बैतडी प्रदेश (क) मा एमाले विजयी


260
Shares

बैतडी । बैतडी प्रदेश सभा क्षेत्र नम्बर (१) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी हुनुभएको छ ।

अन्तिम मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी हुनुभएकाे हाे।

पालले १२ हजार आठ ३१ मत प्राप्त गर्नुभयाे भने भण्डारीले ११ हजार १८ मत प्राप्त गर्नुभयाे।

तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार नाै सय ५३ मत ल्याउनुभयाे ।

प्रदेशसभा क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भइसक्नुभएकाे छ ।