
बाँके । राष्ट्रिय जनमुक्ति पार्टीबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार बनेकी विद्या शर्मा सरकारी कागजात किर्ते गरेको आरोपमा जेल पर्नुभएको छ ।
नेपालगञ्जका ‘राजनीतिक हस्ती’ डा. धवलशमशेर राणा, मो. इस्तियाक राईसँग चुनावी प्रतिस्पर्धा गर्ने अठोटका साथ उम्मेदवार बनेकी शर्माले असोज २३ गते नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
‘घर’ चुनाव चिह्न र ‘देश बचाऔं, देश बनाऔं’ नारा रहेको उक्त पार्टीले ‘नयाँ नेपाल निर्माणको संवाहक’ विद्या शर्मा लेखिएको पर्चा समेत बनाइसकेको छ । तर, सरकारी कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको शर्माले जेलभित्रबाटै चुनाव लड्नुपर्ने देखिएको छ ।
शर्मालाई हाल बर्दिया कारागारमा राखिएको छ । उक्त कारागारका जेलर सन्तोष विकले भन्नुभयो, ‘सरकारी कागजात किर्तेमा विद्या शर्मालाई बाँकेबाट बर्दिया कारागारमा ल्याइएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्