काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
बुधबार तोलामा एक सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला १ हजार २ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला ३ लाख २२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार तोलामा ४ हजार ९ सय ७५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी बिहीबार ४ हजार ९ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ४ हजार ६ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्