१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


कोरोना संक्रमितलाइ योगा सुरू


0
Shares

दैलेख । दुल्लु नगरपालिकाका कोरोना संक्रमितलाइ योगा सुरू गरिएको छ ।

द्रोणाचल क्याम्पसमा राखिएका उनीहरूलाई दुल्लु नगरपालिका र दुल्लु आयुर्वेद औषधालयले मनोसामाजिक परामर्श सहितको योगा सुरू गरेको हो ।

योगामा ३० जना कोरोना संक्रमित सहभागी छन्  । संक्रमितलाई नगरपालिकाले गुर्जाे, बेसार, अदुवा लगायतका जडिबुटी दैनिक रूपमा सेवन गराई रहेको छ ।

उनीहरूलाई आयुर्वेदिक औषधीले केही हदसम्म उपचार हुन सक्ने भन्दै जडिबुटी सेवन गराइएको जनाइएको छ ।

बिरामीलाई स्वस्थ्य राख्न र मानसिक तनावबाट कमी गराउन दैनिक रूपमा योगा गराई कोरोना भाइरस नियन्त्रणमा सहज हुने बताइएको छ ।

दैलेखमा मात्र ४ सय ३४ जना कोरोना सक्रमित छन भने ६ जना उपचार पछि घर फर्केका छन ।