Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


गैसस मोरङका अध्यक्ष कारागार चलान


819
Shares

विराटनगर । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल कारागार चलान भएका छन्।

जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि गैसस मोरङका अध्यक्ष ढकाल अप्राकृतिक मैथुन मुद्दामा कारागार चलान गरेकाे हाे ।

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले ढकालविरुद्ध मंगलबार अदालतमा अप्राकृतिक मैथान मुद्दा दर्ता गरेको थियो।

विराटनगर महानगरपालिका-१२ मा अभिभावकसँग बस्दै आएका १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप ढकालमाथि छ।