१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


आरडिटी पोजेटिभ देखिएका चार जना आइसोलेसन वार्डमा भर्ना


0
Shares

कैलाली । आरडिटी पोजेटिभ देखिएका थप चार जना सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्ड भर्ना भएका छन् ।

कैलाली र बाजुराका आरडिटी पोजेटिभ देखिएका चार जनालाई आईसोलेसन वार्डमा भर्ना गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कैलालीको घोडाघोडी नगरपालिका– १० का ४८ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका– ९ का ३२ वर्षीय पुरुषलाई हिजो आईसोलेसन वार्डमा भर्ना गरिएको हो ।

यस्तै आरडिटी पोजेटिभ देखिएका बाजुराको त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुष र ४९ वर्षीया महिलालाई पनि आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

उनीहरुको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ । उनीहरुमध्ये कैलालीका ४८ वर्षीय पुरुषको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि आइसियुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।