१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


उदयपुरमा भारतबाट आएका थप ४ जनामा कोराना संक्रमण पुष्टि


0
Shares

उदयपुर । उदयपुरमा थप ४ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै भारतबाट फर्किएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र बिराटनगर प्रयोगशालाबाट बुधबार उनीहरुमा सक्रमण पुष्टि भएको हो ।

योसँगै उदयपुरमा संक्रमितको संख्या ४० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदपुरका फोकल पर्सन लौकाजी राईका अनुसार उदयपुर गढी गाउँपालिका–५ का २५ वर्षीय, कटारी नगरपालिका २६ वर्षिय र त्रियुगा नगरपालिका उमेर नखुलेका २ सहित ४ जना नयाँ संक्रमित भेटिएका हुन् ।

उनीहरुलाई भारतबाट आउनासाथ क्वारेन्टिनमा राखिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।