१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


सुर्खेतस्थित प्रदेश अस्पतालको आकस्मिक कक्ष ‘सिल’, स्वास्थ्यकर्मीहरु ‘आइसोलेसन’मा


0
Shares

सुर्खेत, जेठ २८ । सुर्खेतस्थित प्रदेश अस्पतालको आकस्मिक कक्ष ‘सिल’ गरिएको छ ।

आकस्मिक कक्षमा भर्ना गरिएका एक बिरामीमा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उक्त कक्ष सिल गरिएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए ।

पाँचजना स्वास्थ्यकर्मीहरु ‘आइसोलेसन’मा बसेका छन् ।

मंगलबार राति बराहताल गाउँपालिका–४ को भेरी माध्यमिक विद्यालयको ‘क्वारेन्टिन’मा बसेका ५० वर्षीय एक पुरुषलाई सर्पले टोकेपछि अस्पताल भर्ना गरिएको थियो । राति नै ‘पीसीआर’ परीक्षण गर्दा उनको ‘रिपोर्ट पोजिटिभ’ आएको थियो ।