११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


कपिलवस्तुमा थप सातजनामा कोरोना पुष्टि


0
Shares

दिलीपकुमार यादव (इमेज)

कपिलवस्तु, जेठ २८ । कपिलवस्तुमा थप सातजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार पुष्टि भएका संक्रमितमा यशोधरा गाउँपालिका–४ का २३ वर्षीय, २९ वर्षीय, ३२ वर्षीय र ५५ वर्षीय पुरुष गरी चारजना छन् ।

यस्तै, यशोधरा–३ का २८ वर्षीया र ४० वर्षीया गरी दुई महिला तथा ४२ वर्षीय एकजना पुरुष संक्रमित भएका स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

भैरहवास्थित नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा संक्रमण पुष्टि भएको जनाइएको छ ।

योसँगै कपिलवस्तुमा कुल संक्रमितको संख्या ५७३ पुगेको छ ।