
सुर्खेत । सर्पले टोकेर उपचार गराइरहेका बिरामीलाई कोरोना पुष्टि भएपछि सुर्खेतको प्रदेश अस्पतालमा कार्यरत चिकित्सक आतंकित बनेका छन् ।
अस्पतालको इमरजेन्सी कक्षमा उपचार गराइ रहेका बराहताल गाउँपालिका–४ का ५० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।
अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले उपचारमा २ जना डाक्टर सहित ५ जना स्वास्थ्यकर्मी प्रत्यक्ष संलग्न रहेको बताए ।
क्वारेन्टाइनमा बसेका पुरुषलाई सर्पले टोकेपछि थप उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो ।
क्वारेन्टाइनबाट ल्याएको भन्ने थाहा नहुँदा आवश्यक व्यक्तिगत सुरक्षा सामग्री बेगर उनको उपचार गरीएको थियो ।
क्वारेन्टाइनबाट ल्याएको थाहापाएपछि पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
अहिले उपचारमा संलग्न २ चिकित्सक सहित ५ जना स्वास्थ्यर्कीलाई अस्पतालमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्