११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


जुम्लामा १८ जना कोरोना जितेर घर फर्किए


0
Shares

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट १८ जना कोरानाबाट निको भएर घर फर्किएका छन् ।

कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा रहेका उनीहरुको हिजो गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

उनीहरु एक सातादेखि अस्पतालको आइसोलेसनमा थिए । अस्पतालबाट डिस्चार्ज भएका १८ जनालाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले खादा लगाएर अस्पतालबाट बिदा गरेका थिए ।