११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


नवलपुर र चितवनका थप चार जनामा कोरोना संक्रमण


0
Shares

चितवन । नवलपुर र चितवनका थप चार जनामा कोरोना संक्रमण देखिएको छ ।

भरतपुर स्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर र चितवनका दुई दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपुरको गैडाँकोट नगरपालिका वडा नम्बर १३ निवासी २३ वर्षीय पुरुष र वडा नम्बर १४ बस्ने २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ निवासी २८ वर्षिय पुरुष र कालिका नगरपालिका वडा नम्बर ६ जुटपानी निवासी २० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।