Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


नयाँ स्टक ब्रोकरका लागि दरखास्त खुल्यो


91
Shares

काठमाडौंः नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरका लागि प्रस्ताव आह्वान गरेको छ ।

बोर्डले आज आइतबार सार्वजनिक सूचना निकाल्दै ३० दिनभित्र प्रस्ताव पेश गर्न भनेको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुनको अधिनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले अनुमतिपत्रका लागि आवेदन दिन पाउने छन् ।

निवेदन पेस गर्दा निवेदकको नाम, ठेगाना स्पष्ट खुल्ने गरी नेपाल धितोपत्र बोर्डलाई सम्बोधन गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा उल्लेखित कागजात तथा विवरणहरू पेस गर्नु पर्ने पनि सूचनामा उल्लेख छ ।

Skip This