११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


सुरक्षाकर्मीमा कोरोना संक्रमणपछि क्वारेन्टिन ‘सिल’


0
Shares

कञ्चनपुर, जेठ २७ । कञ्चनपुरमा दुईजना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि क्वारेन्टिन ‘सिल’ गरिएको छ ।

भीमदत्त नगरपालिका–४ स्थित वैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनमा सुरक्षार्थ खटिएका महिला प्रहरीहरुमा संक्रमण देखिएपछि क्वारेन्टिन सिल गरिएको कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले जानकारी दिए ।

यसअघि, सो क्वारेन्टिनलाई गड्डाचौकी नाकाबाट भित्रिनेहरुलाई केही दिन राखी घर पठाउने ‘ट्रान्जिट’ क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो । उक्त क्वारेन्टिनमा अहिले २७ जना रहेका छन् ।

उता, पुनर्वास नगरपालिका–५ स्थित त्रिभुवन स्वास्थ्यचौकीमा कार्यरत् एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय बन्द गरिएको छ ।