
सुनसरी, जेठ २७ । झापाका २८ जनाले कोरोनालाई जितेका छन् ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका २८ पुरुषले कोरोनालाई जितेका हुन् ।
पछिल्लोपटक गरिएको ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएपछि सोमबार राति उनीहरुलाई ‘डिस्चार्ज’ गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
प्रतिष्ठानमा भर्ना भएकामध्ये हालसम्म ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
प्रतिष्ठानमा अहिले ५५ जना संक्रमितको उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्