
काठमाडौं, जेठ २७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक प्रदेशमा गुणस्तरीय ल्याबसहितको अस्पताल निर्माण गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सातै प्रदेशमा सात ठूला मेसिनको सहायतामा छिट्टै दैनिक १० हजार बढी कोरोना परीक्षण गर्ने तयारी भएको बताए ।
मन्त्री ढकालले महामारीका कारण स्वास्थ्य क्षेत्रमा सुरु गरिएका सुधारका कामहरु प्रभावित भएको उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत् स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्