११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि बन्द


0
Shares

काठमाडौं । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि बन्द गरिएको छ ।

अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जनामा कोरोनाको संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । 

अछामको बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको थियो ।

ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि संक्रमण देखिएपछि रोकिएको अस्पतालका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।