११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


चितवनमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५ पुग्यो


0
Shares

चितवन । चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हिजो संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–११ का ६८ वर्षिय पुरुषको आज बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

सुगर, उच्चरक्तचाप र निमोनियाको समस्या भएपछि उनलाई शुक्रबार नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो ।

शुक्रबार स्वाव संकलन गरिएकोमा हिजो मात्र उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका उनमा संक्रमण देखिएपछि हिजो बेलुका ७ बजे भरतपुर अस्पताल सारिएको थियोे ।

योसंगै नेपालमा कोरोना संक्रमित १५ जनाको मृत्यु भएको छ ।