११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


संक्रमितको मृत्युपछि ‘सिल’ गरिएको सेती अस्पतालको ‘डायलासिस वार्ड’ सुचारु


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ २६ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘डायलासिस वार्ड’ फेरि सुचारु भएको छ ।

डायलासिस वार्डमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शनिबारदेखि सो वार्ड सिल गरिएको थियो ।

सोमबारदेखि पुनः सेवा सुरु गरिएको हो ।

शुक्रबार डायलासिस वार्डमा धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । उनमा शनिबार कोरोना पुष्टि भएसँगै शनिबारदेखि नै वार्ड सिल गरिएको थियो ।

सेती अस्पतालको हाताभित्र बिरङ हेल्थकेयर प्रालिले डायलासिस वार्ड सञ्चालन गर्दै आएको छ ।

बिरङ हेल्थकेयरले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि नियमित सेवा सुरु भएको जनाएको हो ।