११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


अर्घाखाँचीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए ।

उनीहरु भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । यस अघि जिल्लाका ५ जनामा सक्रमण पुष्टि भएकोमा भुमिकास्थान नगरपालिकाका एक जना संक्रमित पुरुषको मृत्यु भएको छ ।

चार जना संक्रमितको सन्धिखर्कको हटारीको आइसोलेसनमा उपचार भइरहेको छ । अर्घाखाँचीमा कोरोना संंक्रमित संख्या ३६ पुगेको छ ।