
काठमाडौं । प्रदेश २ मा आज थप २४ जना कोरोना संक्रमित भेटिएका छन् ।
सप्तरी १६ र पर्सामा ८ जना संक्रमित थपिएका हुन् । सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
संक्रमितमध्ये एक जना ३५ वर्षीया महिलासमेत छिन् । यस्तै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पोजटिभ देखिएको हो ।
गण्डक कोभिड अस्पतालका को–ओर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका–६ स्थानीय हुन् ।
कोरोना पुष्टि हुनेमा २५ वर्षीया महिलासहित २०, २५, २७, ३०, ५५ वर्षका युवक तथा ३५ वर्षीय २ जना पुरुष रहेका छन् ।
यो सँगै सप्तरीमा संक्रमितको संख्या ९३ पुगेको छ । संक्रमितहरु केही दिनअघि भारतबाट आएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्