११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


झापाली समाजले गर्यो झापाका १५ वटै स्थानीय तहलाई किट सहयोग


0
Shares

झापा । कोरोना परीक्षण लागि किट अभाव भएपछि अन्तर्राष्ट्रिय झापाली समाजले झापाका १५ वटै स्थानीय तहलाई किट उपलब्ध गराएको छ ।

झापाका विभिन्न पालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम भिटिएम किट उपलब्ध गराएको हो ।

स्थानीय निकायलाई एक-एक सय थान किट उपलब्ध गराएको समाजका उपाध्यक्ष नविन पोखरेलले बताए ।

समाजले झापामा कोरोना परीक्षण ल्याव स्थापनाका लागि समेत सहयोग गर्ने जनाएको छ ।

झापामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो अवस्थामा भएपनि झापामा पर्याप्त किट उपलब्ध हुन सकेको छैन ।

कोरोना भाइरसको परीक्षणका लागि अर्जुनधारा नगरपालिकाले शुरुमै किट खरिद गर्न खोजेपनि नपाएको नगरप्रमुख हरिकुमार रानाले बताए ।