११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


धनगढीका एकजना कोरोना संक्रमित काठमाडौं ‘रेफर’


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ २४ । धनगढीका एकजना कोरोना संक्रमितलाई काठमाडौं ‘रेफर’ गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिका–५ का ५१ वर्षीय संक्रमितलाई काठमाडौं रेफर गरिएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा संग्लन डा. निराजन दत्त शर्माले उनलाई शुक्रबार राति साढे १० बजे रेफर गरिएको जानकारी दिए ।

संक्रमितलाई निमोनिया र मिर्गौलामा समेत समस्या देखिएको उनले बताए ।

सेती अस्पताल ‘लेवल–२’ को अस्पताल भएकाले थप उपचारका लागि ‘लेवल–३’ को काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल रेफर गरिएको डा. शर्माले जानकारी दिए ।

उनीसहित सुदूरपश्चिम प्रदेशमा पाँचजनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी भारतबाट केही दिनअगाडि आएका थिए ।