
चितवन । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ ।
माडी नगरपालिकाका २७ वर्षीय पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए ।
उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि हिजो दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।
उनमा मृत्युको कारण पत्ता लगाउन स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्