
काभ्रे, जेठ २३ । काभ्रेका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काभ्रेको रोशी गाउँपालिकामा तीन, पनौती नगरपालिकामा एक र पाँचखाल नगरपालिकामा एक गरी पाँचजनामा कोरोना संक्रमण भेटिएको जनाइएको छ ।
संक्रमितमध्ये तीनजना पुरुष र एक महिला केही दिनअघि भारतबाट आएका हुन् ।
संक्रमित महिला भने धुलिखेल अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्न आएकी थिइन् ।
रोशी गाउँपालिकाका तीनैजना संक्रमित ‘क्वारेन्टाइन’मा छन् ।
पाँचखालका संक्रमित शुक्रबार क्वारेन्टाइनबाट घर गएका थिए ।
पनौतीका संक्रमित व्यक्ति भने धुलिखेल अस्पतालमा पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रियाका लागि भर्ना भएका थिए ।
प्रतिक्रिया दिनुहोस्