
बझाङ । जिल्लामा पहिलो पटक एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
करिब एक साताअघि भारतबाट जिल्ला पुगेका वित्थडचिर गाँउपालिका–७ का २६ वर्षिय युवामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
युवाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई स्वास्थ्यकर्मीको निगरानीमा डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएको छ ।
अहिलेसम्म भारतबाट बझाङमा ३ हजार १ सय १० जना फर्केका छन् ।
प्रतिक्रिया दिनुहोस्