
खिलनाथ ताजपुरिया र लक्षणमान डंगोल (इमेज)
काठमाडौं, जेठ २१ । कोरोना संक्रमणको महामारी फैलिँदै गएपछि अस्पतालहरुले हरेक बिरामीको कोरोना परीक्षण गर्न थालेका छन् ।
हात भाँचिएर उपचारका लागि आएका सिन्धुपाल्चोकका एक बालक र उनका अभिभावकले पनि कोरोना परीक्षणका कारण सास्ती व्यहोर्नुपरेको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेका ६ वर्षीय बालकको हात भाँचिएपछि ‘लकडाउन’कैबीचमा उपचारका लागि गत शनिबार महाराजगन्जस्थित टिचिङ अस्पताल ल्याइएको थियो ।
तर, शिक्षण अस्पतालले जोरपाटीको अर्थोपेडिक अस्पताल ‘रेफर’ गरेपछि अरुणका बाबु बच्चु भण्डारी जोरपाटी पुगे ।
तर, उक्त अस्पतालले उपचार गर्नुका सट्टा ‘आरडीटी’ परीक्षण गरेर आरडीटीको १६ सय र एक्सरेको ७०० रुपैयाँ लिएको गुनासो गर्छन्, बच्चु भण्डारी ।
आरडीटी ‘नेगेटिभ’ आएपनि उक्त अस्पतालले भने आफूकहाँ भास्कुलर सर्जरीको प्रविधि नभएको भन्दै केएमसी अस्पताल पठाएको रहेछ ।
स्वास्थ्य मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई अनुदानबाहेक आरडीटी तथा ‘पीसीआर’ परीक्षणका लागि शुल्क लिन निर्देशन दिएको छ ।
तर, अर्थोपेडिक अस्पतालले भने खरिद गरिएको आरडीटीमार्फत् बालकको परीक्षण गरिएकाले शुल्क लिएको प्रशासकीय प्रमुख श्याम रुपाखेती बताउँछन् ।
बच्चाको भाँचिएको हातको उपचार गर्न आएका बच्चु भण्डारी राजधानीमा दौडधूप र नसोचेको परीक्षण गर्नुपर्दा पैसा सकिएपछि असहायका सारथि नेपाल हेल्थकेयर इक्युपमेन्ट डेभलोपमेन्ट फाउन्डेसन नामको संस्थाले बालकको उपचार गरिदिएको छ ।
सबैखाले बिरामीहरु र कतिपय इमर्जेन्सी अवस्थाका बिरामीको पनि कोरोना परीक्षण बाध्यकारी बनाइँदा पीडितहरु दोहोरो खर्चको मारमा पर्ने, समयमै उपचार नपाउने र ज्यानै जाने खतरा बढ्ने देखिएको छ । यसतर्फ सरकारको तत्काल ध्यान जानुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्