
नवलपरासी, जेठ २१ । पश्चिम नवलपरासीमा ‘आइसोलेसन बेड’को अभाव भएको छ ।
बुधबारमात्र जिल्लामा ८ जना कोरोना संक्रमित देखिएपछि उनीहरुलाई राख्न आइसोलेसन बेडको अभाव भएको हो ।
पश्चिम नवलपरासीमा दैनिकजसो कोरोना संक्रमित देखापर्न थालेका छन् ।
अधिकांश स्थानीय तहले अहिलेसम्म आइसोलेसन बनाउने कामलाई पूर्णता दिएका छैनन् ।
पश्चिम नवलपरासीमा कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको छ ।
‘आरडीटी’ परीक्षणमा ‘पोजिटिभ’ देखिएका ३९ जनाको ‘पीसीआर’ रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।
संंक्रमित देखिएकै पालिकाहरुलेसमेत आइसोलेसन बनाउन बेवास्ता गरेका छन् ।
संख्या बढ्दै गएपछि सबै पालिकाहरुलाई आइसोलेसन चाँडो निर्माण गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्