
बागलुङ, जेठ २१ । बागलुङमा भारतबाट १३ सय बढी आइपुगेका छन् ।
भारतका विभिन्न स्थानबाट आएका उनीहरु सबैलाई स्थानीय तहले बनाएका ‘क्वारेन्टाइन’मा राखिएको छ ।
बडिगाउँ गाउँपालिकामा सबैभन्दा धेरै ३३० जना रहेका बताइएको छ ।
ढोरपाटन नगरपालिकामा २८४, निसीखोलामा २९१, गलकोट नगरपालिकामा १२२ जना, काठेखोला गाउँपालिकामा ८० जना, बागलुङ नगरपालिकामा ६६ जना, जैमिनी नगरपालिकामा ३९ जना, ताराखोला गाउँपालिकामा ५७ जना र बरेङ गाउँपालिकामा ५३ जना रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।
उनीहरुमध्ये २०० जनाकोमात्र स्वाब संकलन गरी ‘पीसीआर’ परीक्षणका लागि पोखरा पठाइएको छ ।
बागलुङमा भारतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्